
काठमाडौं, निर्वाचनमा तालमेल लागि सबै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन सत्ता गठबन्धनको बैठकले आफ्नो मातहतको कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले यस्तो निर्देशन दिएको हो ।
कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार १६५ निर्वाचन क्षेत्रको अवस्थामा बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको हो ।
यसैगरी अब कार्यदल बसेर सवै निर्वाचन क्षेत्रको अवस्थामा बारेमा भएको छलफलको प्रतिवेदन तयार गरि शिर्ष तहमा बुझाइनेछ । कार्यदलले सिट बाँडफाटमा दलहरुले गरेको दावी समेत शीर्ष तहलाई बुझाइने तयारी गरेको छ ।







