
काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।
यहीँ भदौ २९ गतेभित्र महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको हो ।
हिजो बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।
यसैगरी समितिले भदौ २९ गतेभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका हिजोको बैठकमा प्रस्तुत भएको थियो ।







