
कैलाली, सडकमा जताततै अव्यवस्थित गाईबस्तु देखिनाले सवारी दुर्घटनाको जोखिम बढेको छ ।
गए राति कैलालीमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको मृत्यु भएको हो ।
धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही पनि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।







