सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै
धनगढी, सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । विभिन्न विपदबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
आज नयाँ परिकार बनाएर आपसमा खुसी साटासाट गरिने यस पर्वमा ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग, फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा छ ।
सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजका दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ ।
प्रतिकृया दिनुहोस्