
काठमाडौं, तथ्याङ्क विधेयक- २०७८ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियसभाको सन्देशसहितको सो विधेयक प्रस्तुत गरेका थिए ।
गृहमन्त्री खाणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको बताए । तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताए ।
यसैगरी प्रतिनिधिसभा बैठकबाट सपथ सम्बन्धी विधेयक २०७९ पनि पारित भएको छ ।







