
काठमाडौं, नेपालमा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ६१४ नमूनाको पीसीआर र ३ हजार ९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको छ ।







