
काठमाडौं, ललितपुरको नख्खुमा रहेको कारागारका ५ सय कैदी कैदिबन्दीकै कारण आन्दोलित बनेका छन् । जेलका कैदीबन्दीहरुको नाइके आइत तामाङ र सन्तोष गुरुङले अनावश्यक दुःख दिएको भन्दै उनीहरु आन्दोलनरत छन् ।
कारागार निकट स्रोतअनुसार उनीहरुले गरेको परिश्रमको मूल्य पनि नदिईएको र नक्कली चौकीदार राखेकोले आन्दोलन गर्नुपरेको हो ।
यसरी दु:ख दिने गरेकोले उनीहरुले सो प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।







