
काठमाडौं, पछिल्लो समय कोराना संक्रमण तिव्र रुपमा फैलिएसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । मङ्गलबारबाट छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।
गाउँपालिकाले जानकारी दिए अनुसार शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको छ यस गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ ।
यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ ।







