
काठमाडौं, सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयमा छलफल हुनेछ । यसैगरी बैठकमा संघ तथा प्रदेशको सिट बाँडफाँटको विषयमा समेत छलफल हुनेछ ।







