
काठमाडौं, नेपाल समाजवादी पार्टीको बैठक भोलि बस्ने भएको छ । पार्टीका अनुसार शनिबार काठमाडौंमा बस्ने सो बैठकमा विविध एजेण्डामाथि छलफल हुनेछ ।
यसैगरी बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ ।







