March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै

File photo

काठमाडौं, महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले फेरि आमरण अनसन बस्ने घोषणा गरेकी छिन् । बिहिवार आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् ।

यसअघि गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन र आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने उनले चेतावनी दिएकी छिन् ।

उनले भनिन्, ‘मन्त्रालयले मलाई झुटो आश्वासन दिएर अनसन तोड्न लगायो, भोलिदेखि सिंहदरबार अगाडी बच्चा लिएर आमरण अनसन फेरी सुरु गर्दैछु । कि त कुमारी आमालाई गरि खान दिन पर्यो कि त सरकारले मारिदिओस् ।’

शीर्ष समाचार

धेरै पढिएको