
काठमाडौं, नेपालमा आज एकैदिन थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ५९२६ नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५८९ र एन्टिजेनबाट ३३३७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९४ र एन्टिजेनबाट २६६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।







