
काठमाडौं, नेकपा एमाले केन्द्रीय विभागको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आइतबार दिउँसो एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।

नेकपा एमालेले ३३ वटा विभाग गठन गरेको छ भने हाल बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको छ ।







