
काठमाडौं, खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आज ६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङलाई केन्द्रबिन्दु बनाएर गएको हो ।
भूकम्पपछि स्थानीय अत्तिँदै घर बाहिर निस्केका थिए भने पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् ।
यसैगरी खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईका अनुसार अहिलेसम्म जनधनको क्षति भएको जानकारी नआएको हो ।







