
काठमाडौं, माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आज बस्ने सो बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको छ ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्नेछ ।
यसैगरी संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेसँगै शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने हो कि भन्ने चर्चा भइरहेको छ ।







