
काठमाडौं, नेपालमा शनिबार थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ३६९९ नमूना परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट १७७९ र एन्टिजेनबाट १९२० नमूनाको परीक्षण गर्दा पीसीआारबाट २९२ र एन्टिजेनबाट १४६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ । यसैगरी आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा थप २७७ जना कोरोनामुक्त भएका छन् ।







