
काठमाडौं, गत २४ घन्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४ हजार २८२ नमूना परीक्षणमा ५७७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ४७४ नमूनाको पीसीआर र र१८६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो भने पीसीआरबाट ३९१ र एन्टिजेनबाट १८६ जनामा कोरोना देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । यसैगरी, शुक्रबार कोरोनाबाट आज थप २ जनाको मृत्यु भएको छ । थप २६९ जना कोरोनामुक्त भएका भएका छन् ।







