
काठमाडौं, सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेदेखि सुरु भएको छ ।
सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधिसभा बैठकमा उत्पत्ति भएको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछ ।
यसैगरी बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘‘सपथसम्बधन्धी विधेयक, २०७८’’का सम्बन्धमा राष्ट्रियसिभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।







