
काठमाडौं, नेपालमा पाटेबाघको ३५५ पुगेको छ । शुक्रबार निकुञ्ज विभागले विश्व बाघ दिवसको अवसर पारेर काठमा्डौंमा बाघ गणनाको नतिजा सार्वजनिक गर्दै बाघको संख्यामा वृद्धि भएको जनाएको हो ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार नेपालमा गरिएको पछिल्लो बाघ गणनाको नतिजा अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको छ । अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा बाघ बढेको छ ।
विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ ।







