
हेटौंडा, बागमती प्रदेश प्रदेशसभाले गत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार सोही सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको हो ।
यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले जानकारी दिएका छन् ।प्रदेशसभाको वैठक अहिलेसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ ।
सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको सभामुखको गुनासो रहेको छ ।







