
बाह्रविसे, बाह्रविसे नगरपालिकामा लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिककाममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि तिन महिनाको बिदामा घर गएकी थिइन । प्रसुति बिदा भनेर घर गएका बिदा सकिदा पनि कार्यालयमा नआएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिएका छन ।
वाग्लुङ घर भएकी लेखा अधिकृतलाई उनको नम्बरमा फोन गर्दा समेत सम्र्पकमा नआएको मेयर शेर्पाले जानकारी दिएका छन । लेखा अधिकृत नहुदा हामीलाई धेरै समस्या भएको छ मेयर शेर्पाले भने असारमा सबै योजनाहरुको भुक्तानी गर्नुपर्ने भएपनि लेखा अधिकृत नहुँदा समस्या भयो ।
लेखा अधिकृत नआएपछि त्रिपुरासुन्दरी गाउँपालिकाका लेखा अधिकृत रामप्रसाद आचार्य आएर आलोपालमा काम फुकाउने गरेको मेयर शेर्पाले जानकारी दिएका छन । ‘असारमा त हामीलाई धेरै समस्या भयो,अहिले बाढीपहिरो पीडितहरुलाई राहात लगायत अन्य काममा पनि धेरै अप्ठ्यारो भइरहेको छ ।’ शेर्पाले भने ‘लेखा अधिकृत नहुँदा भुक्तानी लगायत अन्य आर्थिक काम लिएर नगरपालिका आउने हरु एक साता सम्म कुर्न बाध्य छन्,दुर्गमका जनतालाई धेरै समस्या भयो ।’ मेयर शेर्पाले बताए ।







