श्रावण १ गते, काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आजबाट पदभार ग्रहण गरेकी छन् ।
उनले आफूले इमानदारितापूर्वक काम गर्ने र कार्यकाल सफल र फलदायी बनाउने बताएकी छन्।
भुसालले आइतबार राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।अब उनको कार्यकाल सुरु भएको छ।

प्रतिक्रिया







