दक्षिण कोरिया ,नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच ख्वाङजु – योङगीन क्षेत्रीय कमिटीको चौथो अधिवेशन आइतबार सम्पन्न भएको छ।

समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान, प्रवास बाट लगानी,प्रवास बाटै मतदान’ भन्ने मूल नारा सहित अमृत गिरिको अध्यक्षतामा ११ सदस्य कमिटि गठन गर्दै आज जुलाई १७ मा अधिवेसन सम्पन्न भएको हो ।
उक्त अधिवेशन कार्यक्रममा प्रमुख अथिती प्रवासि नेपाली मन्च कोरियाकी अध्यक्ष सृजना नेपालीकाे रहेकाे थियाे भने विशेष अथितीमा उपाध्यक्ष सन्जु पौडेल त्यसैगरी अथितिदहरुमा राष्ट्रिय कमिटी सदस्यहरु सलिन लामिछाने,प्रदिप राई र बाबुराम पोखरेलको उपस्थिति रहेको थियो।
त्यस्तै अधिवेशनले नयाँ कार्य समितिका लागि विभिन्न पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको छ ।
अबको कार्यकालका लागि अध्यक्ष पदमा अमृत गिरी चुनिएका छन् । त्यसैगरी उपाध्यक्षमा अजय गोसाह चुनिएको पत्रकार महासंघका सचिव केसव पाेख्रेल ले जानकारी दिएका छन् ।
त्यसैगरी कार्यसमितिको सचीवमा विजय पाण्डे,उपसचिवमा लक्ष्मण अधिकारी र सोभा पन्त चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा रेन मगर,आशिष खप्तरी मगर,भुवन चौलागाईं,अर्जुन खत्री,वसन्त चौलागाईं र विजय खनाल चुनिएका छन् ।







