
काठमाडौं, असार १७ गते। गएको २४ घण्टामा २२९ जना संक्रमित थपिएका छन् ।
३ हजार ७१८ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १६१ जना र एन्टीजेन परिक्षण विधिबाट ६८ जना गरि २२९ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६७९०६ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।








