
पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी सांसद शुक्रवार प्रतिनिधि सभामा भएको मत विभाजनमा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् ।
भुसालको पक्षमा १४८ र विपक्षमा ९३ मत खसेको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
एक मत तटस्थ थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी थिइन् ।








