
काठमाडौं, असार २६ गते। गएको २४ घण्टामा १२१ जना संक्रमित थपिएका छन् । ३ हजार ४५ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १०४ जना र एन्टीजेन परिक्षण विधिबाट १७ जना गरि १२१ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६७६८७ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।








