
प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच आइतवार बालुवाटारमा भेटवार्ता भएको छ ।
लिउ आइतवार बिहान चारदिने भ्रमणका लागि नेपाल आएका हुन् ।भ्रमणका क्रममा उनले प्रधानमन्त्रीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ।







