
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विधान अधिवेशन जुलाई १० तारिख भाेली आइतबार हुने भएको छ । संस्थाका सभापति भजिन्द्र क्षेत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराकाे जानकारी गराएका छन् ।
प्रमुख आतिथ्यतामानेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नेता प्रदीप पौडेल हुनेछ।
जनसम्पर्क समिति दक्षिण कोरियाले विधान अधिवेशनमा काेरियामा रहेका आम नेपालीहरुलाई पनि उपस्थितकाे लागि अनुरोध गरेको छ ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न हुने उक्त विधान अधिवेशन मार्फत नेपाली काङ्ग्रेसको केन्द्रीय विधानको अधीनमा रही जनसम्पर्क समिति दक्षिण कोरियाको आन्तरिक संगठन व्यवस्थापन गर्नका निम्ति विधानमा संशोधन गर्नुपर्ने बुँदाहरूमा छलफल गरी आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने मुख्य उद्येश्य रहेको कुरा सभापति क्षेत्रीले जानकारी गराएका छन् ।
कार्यक्रममा सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरूको भौतिक उपस्थिति तथा टाढाबाट जोडिन चाहाने प्रतिनिधिहरूको लागी भर्चुअल माध्यमको पनि व्यवस्थापन गरिएको जनाएको छ।







