विपत्तिमा स्थानीयलाई कर्थली जनज्योति सहकारीको साथ,अभावमा मल उपलब्ध गराइदिए

कर्थलीवासी लाई बालि लगाउने समयमा मलकाे चरम अभाव भएको बेला श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाले कर्थलीका स्थानीयहरुलाई मल बितरण गरेकाे छ।
देशैभर युरिया मलकाे अभाव भयर पाउन नसकेको बेलामा कर्थली जनज्योति सहकारीले भने आफ्नो स्थानीयलाई मल उपलब्ध गराइ सहयोग गरेकाे छ।
खेतीपाती गर्ने समयमा मल नपाएर देशभरका किसानहरु चिन्तित बनेकाे बेला कर्थली जनज्योति सहकारीले विभिन्न ठाउँमा गई आफ्नो विशेष पहलमा मल सहकारीमा ल्याइ गत जुन १ तारिखमा कर्थलीका अधिकांश स्थानिहरु मल वितरण गरेका हुन् ।
सहकारीको यस्तो प्रसंसनिय काम देखेर त्यहाँका स्थानीय अत्यन्तै खुसी भएका छन् । सहकारीले ओख्रेनिका केही स्थानीयलाई समेत मल उपलब्ध गराएको सहकारीका सचिवले हाम्रो कान्तिपुलाई जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस्