सिन्धुपाल्चोक बाह्रबिसे कर्थलीकाे पारीखेतमा धान राेपाँई: (फोटोफिचर)
आज मानो रोपेर मुरी फलाउने दिन अर्थात राष्ट्रिय धान दिवस,याे लहरै गरा गरा देखिने भर्खरै राेपेकाे धान खेतकाे फाँट हाे सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलि पारीखेतकाे गाउँ घरमा अधिकांश मानिस र गाेरुकाे प्रयाेगमा धान राेपाँई गरिने चलन छ भने तराई तिर भने ट्याक्टरकाे सहायतामा धान राेपिन्छ ।

आजकाे दिनलाई असार पन्ध्र अर्थात धान दिवस भनेर देशभर मनाइन्छ । मानो रोपेर मुरी फलाउने दिन हो ।
आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खान दिनको रुपमा पनि मनाईने गरिएको छ ।
खेतमा धान रोपिन्छ । भने ग्रामीण भेग गाेरु जाेतेर पुरुषहरुले आलि बाउसेकाे काम गर्ने र महिलाहरुले धानकाे बीउ उखेल्ने, धान राेप्ने काम गर्छन् ।


देशभरि नै आज धान रोपेर दिवस मनाईरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धान दिवसको अवसरमा भिडियोमार्फत शुभकामना दिएका छन् ।
नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ ।
हाम्रा सहकर्मी मनिसा कार्कीले सिन्धुपाल्चोक बाह्रबिसे कर्थलीको पारीखेतमा किसानले धान रापेको तस्विर कैद गरेका हुन् । हेरौं तस्बिरहरु






प्रतिकृया दिनुहोस्