काठमाडौं, असार ८ गते। गएको २४ घण्टामा ३१ जना संक्रमित थपिएका छन् । २ हजार ४२४ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट २८ जना र एन्टीजेन परिक्षण विधिबाट ३ जना गरि ३१ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको घण्टामा १० जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६७३३० जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।








