
काठमाडौं, काठमाडौं उपत्यकामा बुधबार मध्यरातिबाट भाद्र १० गतेसम्म अत्यावश्यकबाहेकका काममा आवतजावत र सवारी सञ्चालन गर्न नपाइने भएको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाको अधिकारीहरुको बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन भने उपत्यकामा एकै दिन दुई सय भन्दा माथीमा संक्रमण देखिन थालेपछि कडा नीति अवलम्बन हुन थालेको हो ।
निषेध अवधिभर अत्यावश्यक बाहेकका सरकारी, निजि तथा गैरसरकारी संस्थाका कार्यलय खोल्न र आवतजावत गर्न प्रतिबन्ध गरिएको छ । योसँगै सार्वजनिक सवारी अत्यावश्यकबाहेक उपत्यकाभित्र र बाहिरसमेत बन्द गरिएको छ ।
निषेधाज्ञा कुन क्षेत्रमा बन्द र खुल्ला रहने
त्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध होटल, रेष्टुँरा सञ्चालन निषेध शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध





