
भैरहवा, रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भर्को छ । रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रहेको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान पुलबाट नदीमा खसेको हो । उक्त बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैगरी बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।







