
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
शनिबार ललितपुरको खुमल्टारस्थित दाहाल निवास पुगेका मेयर शाहले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका हुन् ।
यसैगरी महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उनले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।
भेटमा शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।







