
काठमाडौं, निजगढ अन्तराष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै टांगियाबासीले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनिहरुले विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको उक्त फैसलाको पक्षमा सहमति जनाएका हुन ।
विना विकल्प विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन सुरु गरिएको उनिहरुको भनाइ छ ।
यसैगरी प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।







