
काठमाडौं, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कबड्डी–४ की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न आदेश दिएका छन् । सीडीओ गोविन्द प्रसाद रिजालले मंगलबार उनलाई रिहा गर्न आदेश दिएका हुन् ।
यसअघि नायिका मिरुनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।
एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिइएको हो ।







