
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ टिम सहित त्यहाँ पुगेका छन् ।
दुर्घटनास्थलमा विमान सवार यात्रुहरू जलेको अवस्थामा भेटिएका छन् । घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर सहितको टिम जाँदै छ ।’ मौसम हेरेर थप उद्धारको काम गरिनेछ।
विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ ।







