
नेपाल, कम्युनिष्ट पार्टीका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। सांसद बोगटीले सेतोपाटीसँग कुरा गर्दै आफूमा संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेका छन् ।
‘मैले साउन ३० गते पिसिआरको लागि स्वाब दिएको थिएँ। पछि दुइटा नतिजा आयो । पहिलो नेगेटिभ देखिएको थियो तर हिजो फेरि पोजेटिभ देखियो भनेर खबर पाएँ,’ उनले भने।
अहिले उनी कीर्तिपुरस्थित आइसोलेसन वार्डमा भर्ना भएका छन्। उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए । सांसद बोगटीले भने, ‘मलाई कुनै पनि लक्षण छैन। एकदम आरामले बसेको छु।’
यसअघि सिंहदरबारका एकजना कर्मचारीलाई कोरोना देखिएपछि सांसद बोगटीले पनि ती कर्मचारीको सम्पर्कमा पुगेको भन्दै पिएसओसहित टेकु पुगेर कोरोना परीक्षणको लागि स्वाब दिएका थिए।
उनलाई भने भक्तपुरस्थित केएमसी अस्पताल भर्ना गरिएको छ। सांसद बोगटीले गत साउन २५ गते ६१ जना नेकपा सांसदहरूको पत्रकार सम्मेलनमा आफू पनि सहभागी भएको सुनाएका छन् ।





