
काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा तथा रोजगार क्षेत्रलाई ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
आइतबार उनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उक्त रकम विनियोजन गरेको जानकारी दिएका छन् । यसैगरी सरकारले तीन वर्ष भित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री शर्माले भने, ‘आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने । भूमिहिन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिवीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पुर्याउने ।’







