
काठमाडौं, तारा एअरको विमान आइतबार मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरेका हुन् ।
आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो ।
मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि हाल उक्त क्षेत्रमा प्रहरी टोली जाँदै गरेको उनले जानकारी दिएका छन् ।
तारा एअरको नाइन एन एईटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।







