
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । उक्त विमान आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।
एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिए।
विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो ।बढीमा २० मिनेटमा जहाज पुग्नुपर्ने थियो तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन नसकेको बताइएको छ ।
विमानमा काे काे सवसासर थिए ?
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको बताएको छ । विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेकाे बताएको छ ।







