
काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकता नहुने बताएका छन् । नेपालले सञ्चारमाध्यमसँग कुरा गर्दै एकता चाहनेलाई नेकपा एसमा आउन आग्रह गरेका छन् ।
उनले भने, ‘उहाँहरु एकता चाहनुहुन्छ भने हाम्रो पार्टीमा स्वागत छ, तर केपी ओलीसँग हामीले एकता गर्ने प्रश्नै छैन । यसमा कसैले भ्रम नपाले हुन्छ ।’
एमालेमा रहेका योग्य र इमान्दार नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आएमा स्वागत गरिने उनको भनाई छ । उनले गठबन्धन तोड्ने पक्षमा नभएको बताए । अहिलेको कमी कमजोरीलाई आगामी चुनावमा गठबन्धन बनाएरै जानुपर्ने बताए ।







