
काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् । एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
यसअघि वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् ।
गृहमन्त्री खाँणले भने, ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ । छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’







