
काठमाडौं, मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।







