
उदयपुर, उदयपुरमा चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ । आइतवार बिहान चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीकाे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आफ्नै घरमा बसिरहेकाे अवस्थामा पानी परिरहेकाे बेला चट्याङ लाग्दा उनी घाइते भएका थिए ।
बुढाथाेकीलाई उपचारका लागि कटारी अस्पतालमा पुर्याएलगत्तै उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले सञ्चारमाध्यमले जानकारी दिएका छन् ।







