वीरगन्ज, विरगन्जको नारायणी अस्पतालमा मंगलबार गरिएको परिक्षणमा थप ११७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये चार बाराको छन भने चार सप्तरीका रहेका छन ।
नारायणी अस्पतालका चिकित्सक डा. नीरजकुमार सिंहका अनुसार ३५ महिलासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । गत साउन ३१ मा बैरिया बिर्ता र भौराटारमा स्वाब संकलन गरिएको थियो । बहुदरमाई नगरपालिका–५ भौराटारमा मात्र ६४ जनामा पोजिटिभ देखिएको छ ।





