
काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । आइतबार गृहमन्त्री खाँणलाई भेट्न जियासहितको टोली मन्त्रालय पुगेको हो ।
उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी रहेका थिए भने भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।







