
काठमाडौं, नेपाल सरकारले जेठ ३२ गतेदेखी चार्टर उडानद्वारा श्रमिककै पैसामा स्वदेश फर्काउने प्रबन्ध मिलाएको छ भने साउन ३१ गतेसम्म चार चरणमा झन्डै ५५ हजार नेपाली स्वदेश फर्किएका छन । यिमध्ये ७५ प्रतिशत भन्दाबढी रोजगारीमा गएका श्रमिक रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएका छन ।
यससँगै कतारमा तीन लाख ७२ हजार नेपाली ठूलो सङ्ख्यामा फर्किन चाहेका छन् । हालसम्म पाँच हजार ६६८ जना मात्र फर्किएका छन् । यस्तै साउदी अरबमा तीन लाख पाँच हजार नेपाली रहेकोमा सात हजार ८१७ जना फर्किएका छन् भने १२ हजार बढी अझै स्वदेश फर्किने आशमा छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई लाख ७५ हजार श्रमिक रहेकोमा ६७ हजार ३१४ जना स्वदेश फर्किसकेका छन् । मलेसियामा तीन लाख २५ हजार रहेकोमा ३० हजार फर्किने सूचीमा छन् । सात हजार ६४२ फर्किएका छन् ।
यस्तै कुवेतमा ५० हजार नेपाली कार्यरत रहेकोमा २४ हजार स्वदेश फर्किन आतुर छन् । छ हजार ३२० जना मात्र फर्कन पाएका छन् । बहराइनमा ३५ हजार नेपाली रहेकोमा साढे १० हजार फर्किन चाहेका छन् । त्यहाँबाट ९८० जना मात्र फर्काइएको छ । ओमानमा फर्किने सूचीमा साढे तीन हजार रहेकोमा नेपाली दूतावासले जनाएको छ । दूतावासले ओमानमा समस्यामा परेकामध्ये प्राथमिकताका आधार विभिन्न चार्टर उडान मार्फत ६७० नेपाली स्वदेश फर्काएको
जनाएको छ ।






