
चितवन, भरतपुर महानगरपालिकाको मतगणनामा विवाद हुँदा रोकिएको मतगणना पुनः सुचारु गरिएको छ । २० मिनेटपछि शुरु भएको मतगणनामा हाल भरतपुर २ को मतगणना चलिरहेको छ ।
केहीबेरअघि सुर्य चिन्हमा परेको छाप स्पष्ट नदेखिएको भन्दै मतदान अधिकृतले बदर गर्ने निर्णय गरेपछि विवाद शुरु भएको थियो ।
विवादलगत्तै बसेको सर्वदलिय बैठकले अब मतगणना गर्दा त्यस्तो किसिमको छाप देखिएमा बदर गर्ने निर्णय गरेपछि मतगणना फेरि शुरु भएको हो ।







