
भरतपुर, भरतपुर महानगरपालिकाको मत गणना हाललाई स्थगित गरेको छ । उम्मेदवारका प्रतिनिधिबीच मतपत्रमा छाप प्रस्ट नभएको भन्दै विवाद हुँदा मतगणना काॠ रोकिएको हो ।
छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि मतगणना रोकिएको नेकपा एमालेका प्रतिनिधिले सन्चारमाध्यमलाई जानकारी दिएका छन् ।
यसैगरी मतगणना जारी राख्नका लागि हाल छलफल भइरहेको बताइएको छ । तर मतगणनास्थलमा सञ्चारकर्मीलाई भने प्रवेश दिइएको छैन् ।
५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।
अहिले सो सन्दर्भको विवादमा सहमति जुटाउन मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको छ ।







